सोमबार मात्रै चीनमा भेटिए १७ कोरोनाभाइरस संक्रमित

गत वर्ष डिसेम्बरमा चीनमा पहिलो पटक मानिसमा देखिएको कोरोनाभाइरस केही समयका लागि चीनमा नियन्त्रणमा आएको थियो । 

तर, अब फेरि यो भाइरस चीनका विभिन्न सहरमा मानिसहरुमा देखिन थालेको छ । 

चीनमा सोमबार मात्र १७ जना नयाँ कोरोनाभाइरस संक्रमित भेटिएका छन् । यीमध्ये ७ जना चाहिँ विदेशबाट चीनमा पुगेका मानिसमा देखिएको हो । 

चिनियाँ मिडियाका अनुसार यीमध्ये १२ जनामा कोरोनाभाइरसको लक्षण देखिएको छैन । केही दिन यता चीनमा कोरोनाभाइरसका कारण हुने मृत्यू शून्य छ ।





  • प्रकाशित मिति : वैशाख २९, २०७७ साेमबार ८:४८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया