संक्रमित बढेपछि चीनले फेरि लगायो लकडाउन

चीनको शुलान सहरमा कारोनाभाइरस संक्रमितहरु भेटिन थालेपछि फेरि चीनले लकडाउन लगाएको छ । 

चिनियाँ सरकारी मिडियाका अनुसार यी शुलानमा आइतबारमात्र ११ नयाँ संक्रमित भेटिएको थियो । उनीहरुले कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित पाइएका हुन् ।

४५ वर्षकी यी महिलाबाट उनका पति, बहिनी तथा परिवारका अन्य सदस्यमा पनि संक्रमण भएको छ । तर, यी महिलाको कुनै ट्राभल हिस्ट्री नरहेको चीनले जनाएको छ ।

अब शुलानका सबै सार्वजनिक स्थलहरु बन्द गरिएको छ । मानिसहरुलाई घरमा नै रहन भनिएको छ र सार्वजनिक यातायात चलाउन निषेध गरिएको छ ।





  • प्रकाशित मिति : वैशाख २९, २०७७ साेमबार ९:४४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया