सुनौली नाकामा २ हजार नेपाली अलपत्र

भारतमा काम गर्न पुगेका नेपालीहरु अब सीमा क्षेत्रमा एकत्रित हुन थालेका छन् । भारतमा लकडाउन खुलेसँगै सीमा क्षेत्रमा नेपालीहरुको संख्या बढ्न थालेको हो । 

भारतका विभिन्न प्रदेशबाट कोही लुकिछिपी, कोही हिँडेर नेपाली सीमासम्म आइपुगेका छन् । 

तर, नेपालले सीमा नखोल्दा भारतबाट सीमामा आइपुगेका नेपाली सीमानाकामा नै अलपत्र परेका छन् । सोमबार मात्र भारतका विभिन्न ठाउँबाट तीनसय भन्दा धेरै नेपाली बेलहिया नाकामा आइपुगेका छन् । गोखरपुरसम्म बस र रेलमार्फत् उनीहरु त्यहाँ आइपुगेका हुन् । 

यसरी आउनेमा बालबालिका पनि छन् । 

तर, प्रहरीले उनीहरुलाई सीमाबाट भित्रिन दिएको छैन । उनीहरुले आफूहरु क्वारेन्टाइनमा बस्न तयार भएको भने पनि प्रहरीले उनीहरुलाई सीमाबाट भित्र आउन दिएको छैन ।

सुनौलीमा मात्र अब करिब २ हजारभन्दा धेरै नेपाली रोकिएका छन् । उनीहरु त्यहाँ अलपत्र परेका छन । कोही सडकमा नै सुतेका छन् भने कोही वरपरका मठमन्दिरमा पुगेका छन् । 



यता, सरकारले उनीहरुलाई नेपाल ल्याउने कुनै योजना बनाएको छैन । भारतीय प्रहरीले पनि उनीहरुलाई नेपाल जान बारम्बार भनिरहेका हुन्छन् । 



  • प्रकाशित मिति : वैशाख २९, २०७७ साेमबार १८:५२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया