युएई चाहन्छ नेपाली नेपाल ल्याउन, सरकार चाहँदैन

कोरोनाभाइरस महामारी विश्वव्यापी समस्या भएपछि नेपाल सरकारले बारम्बार विदेशमा रहेका नेपालीलाई भनिरहेको छ– जहाँ हुनुहुन्छ, त्यहीँ बस्नुस् ।

तर, विदेशमा रहेका नेपालीहरुले निकै कहर भोग्न परेको छ । 

कतिसम्म भने केही देशले त अब नेपालका नागरिकलाई आफैं छोड्न काठमाडौंसम्म विमान पठाउने तयारी गरेका छन् । यस्ता देशमध्ये एक हो, युनाइटेड अरब इमिरेट्स (युएई) ।

नेपाली कामदारहरुलाई युएईमा समस्या भएपछि उसले ती कामदारलाई काठमाडौंसम्म ल्याइदिने भन्दै पत्र सरकारलाई पठाएको छ । तर, सरकारले यसबारे कुनै जवाफ दिन सकेको छैन । जहाँ छन्, नेपाली त्यहाँ नै बसुन् भन्ने सिद्धान्तलाई मानिरहेको नेपाल सरकारले अहिले तत्काल विदेशबाट नेपालीहरु ल्याउन सकिने अवस्था नभएको बताउँदै आएको छ ।

‘दुई विमानमा नेपाली कामदार ल्याउने जानकारी दिँदै पत्र आएको छ,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदको राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा भनेका छन्, ‘तर, हाम्रो यहाँ तयारी छैन, अहिले विमान आउन दिन सक्ने अवस्था नै छैन ।’

सरकारले कम्तिमा पनि ३ लाख नेपालीहरुलाई श्रम मुलुकबाट नै तत्काल फिर्ता गर्नु पर्ने अवस्था छ । तर, यसबारे सरकारको कुनै तयारी छैन ।



उता, भारतमा पनि रेल सेवा सुरु भएपछि विभिन्न ठाउँबाट नेपाल आउन चाहने नेपालीको संख्या सीमामा निकै बढेको छ । अर्कोतिर सीमामा आएका त्यस्ता नेपालीलाई नेपाल छिर्न दिइएको छैन ।



  • प्रकाशित मिति : वैशाख २९, २०७७ साेमबार १९:२३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया