अफगान क्रिकेटर सफाकमाथि ६ वर्षे प्रतिबन्ध

अफगानिस्तानका विकेट किपर ब्याट्सम्यान सफिकुल्लाह सफाकलाई सबै खाले क्रिकेटबाट ६ वर्षको प्रतिबन्ध लगाइएको छ । खेल मिलेमतोविरुद्धको आचारसंहिता उल्‍लंघन गरेपछि उनलाई यो कडा सजाय सुनाइएको हो ।

सन् २०१८ मा अफगानिस्तानको नानघरहर लियोपार्ड र गत वर्ष बंगलादेश प्रिमियर लिगमामा स्यालकोट थन्डरका लागि खेल्ने क्रममा उनले चार अवसरमा आचारसंहिता उल्‍लंघन गरेको स्विकारेका छन् ।

सफाकले अफगानिस्तानका लागि २४ वान डे र ४६ ट्वेन्टी-२० खेलेका छन् । अफगानिस्तान क्रिकेट बोर्डले उनीमाथिको कारबाही अन्य सबै खेलाडीका लागि चेतावनी र सावधान हुनु पर्ने सन्देश दुवै रहेको बताएको छ ।





  • प्रकाशित मिति : वैशाख २९, २०७७ साेमबार २१:१९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया