मंगलबार कोरोनाभाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि नेपाल सरकारले लकडाउनलाई थप कडाइ गर्ने भएको छ । गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाउने बताएको छ ।
यसअघि जारी भएका सबै पासहरु रद्द भएको पनि गृहमन्त्रालयले जनाएको छ ।
मंगलबार दिउँसो गृहमन्त्रालयले यस्तो निर्णय गरेको हो । मंगलबार मात्र नेपालमा ५७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको थियो ।
यो निर्णय बिहीबारबाट लागू हुने बताइएको छ । अब सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बन्धित कर्मचारीले पनि कार्यालयको परिचय पत्र देखाएर हिँड्न पाउने छैनन् । यी सबै ठाउँका कर्मचारीले नियामक निकायबाट प्राप्त गरेको पास आफूसँगै राख्नु पर्ने हुन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।