भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारीमा पाँचौ पटक सम्बोधन गर्दै करिब २० लाख करोड भारतीय रुपैयाँको प्याकेज घोषणा गरेका छन् ।
उनले यो प्याकेजलाई जिडिपीको करिब १० प्रतिशत रकम बताएका छन् ।
उनका अनुसार यसलाई देशका विभिन्न वर्गका लागि आर्थिक व्यवस्थाको कडीका रुपमा २० लाख करोडको समर्थन मिल्ने छ । यो प्याकेजले सन् २०२० मा देशको विकास यात्रा र आत्मनिर्भर भारत अभियानलाई एक नयाँ गति दिने बताएका छन् ।
यसलाई उनले जमीन, मजदूरी, लिक्विडिटी तथा लज सबैमा दिने बताएका छन् ।
यो प्याकेज भारतका साना उद्योग, गृह उद्योग, लघुमझौता उद्योगका लागि भएको पनि उनले बताएका छन् । यसले आत्मनिर्भर भारतको संकल्प पूरा गर्ने उनले बताएका छन् ।
यनले यसलाई पाँच पिलर भन्दै पाँच भागमा विभाजन समेत गरेका छन् ।
उनले पहिलो पिलरका रुपमा अर्थतन्त्रलाई लिएका छन् । त्यस्तै, दोस्रो भौतिक निर्माण, तेस्रो, भारतको सिस्टम, चौथौं भारतको डेमोग्राफी र पाँचौ मागलाई बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।