मोदीले भने– थाक्न, हार्न, टुट्न र आत्तिनु मानिसका लागि मन्जुर छैन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारीमा पाँचौ पटक देशवासीका नाममा सम्बोधन गरेका छन् । सम्बोधनमा मोदीले आर्थिक प्याकेजको घोषणा गर्नुका साथै कोरोना महामारीको संकटलाई भारतले अवसरमा बदलिदिएको बताएका छन् । 

उनले थाक्न, हार्न, टुट्न वा आत्तिन मानिसका लागि मन्जुर नभएको पनि बताएका छन् । 

‘यो सबकुरा मानिसका लागि अकल्पनी हो,’ उनले भनेका छन्, ‘यो संकट अभूतपूर्व हो । तर, थाक्न, हार्न, टुट्न र आत्तिन मानिसका लागि मन्जुर छैन ।’

उनले यो युद्धमा सबै नियमको पालना गर्नु पर्ने र सबै बाँचेर अगाडि बढ्नु पर्ने समय आएको बताएका छन् । 

‘आज विश्व संकटमा छ,’ उनले भनेका छन्, ‘अब हामीले हाम्रो संकल्प अझ बलियो बनाउनु पर्ने हुन्छ । हामीले यसअघिबाट नै सुन्दै आएका छौँ, यो २१ औं शताब्दि अब हिन्दुस्तानको हो ।’

उनले अब यो संकटपछि जुन स्थिति बनेको छ, त्यसलाई आफूहरुले राम्रोसँग विचार गरेर नयाँ स्वरुपमा भारत प्रकट हुने पनि बताएका छन् । उनले यो अब भारतको सपना मात्र नभएर सबैको जिम्मेवारी भएको पनि बताएका छन् ।





  • प्रकाशित मिति : वैशाख ३०, २०७७ मंगलबार २२:१८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया