काठमाडौंमा फेरि थपिए संक्रमित, संक्रमित संख्या २४५

नेपालमा थप दुई जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । बिहीबार विहान स्वास्थ्य मन्त्रलायले जारी गरेको विज्ञप्ति अनुसार अब नेपालमा कोरोनाभाइरसका संक्रमित २ सय ४५ जना पुगेका छन् । 

थपिएका दुई संक्रमित काठमाडौं र पर्साका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा काठमाडौंमा एक जना र कपिलवस्तुमा एक बालिकामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो पटक कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।





  • प्रकाशित मिति : जेठ १, २०७७ बिहीबार ८:०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया