सरकारले कृषि क्षेत्रलाई पनि प्राथमिकता दिने

सरकारले यो वर्ष कृषि क्षेत्रलाई मुख्य रोजगारीको क्षेत्र बनाउने भएको छ । कृषि क्षेत्रका लागि यो वर्ष सरकारले विभिन्न कार्यक्रम ल्याएको छ । 

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले यो जानकारी दिएकी हुन् । सरकारको नीति तथा कार्यक्रम ल्याउँदै उनले सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिने बताएकी छिन् । 

कृषकहरुलाई अब उनीहरुको कृषि क्षेत्रमा नै पुगेर विज्ञहरुले आफ्नो सुझाव दिनेछन्, तालिम दिनेछन् । 

नेपाल सरकारले पशुपंक्षी तथा खेतीबाली गर्ने कृषकलाई अरु विभिन्न सुविधा ल्याउने भएको छ । पशुलाई दिइने खोप कार्यक्रम अब अभियानका रुपमा अगाडि बढाउने भइएको छ ।

प्राविधिक जनशक्ति परिचालन गरिने पनि बताइएको छ । 

किसानले लगाएको बालीको मूल्य पहिले नै तोकिने भएको छ । 





  • प्रकाशित मिति : जेठ २, २०७७ शुक्रबार १७:२९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया