अमेरिकाको न्युयोर्कमा कोरोनाभाइरस संक्रमितको संख्यामा कमी नआएपछि लकडाउन फेरि थपिएको छ । त्यहाँको शहरी क्षेत्रमा २८ मेसम्मका लागि लकडाउन बढाइएको छ ।
न्युयोर्कका कम प्रभावित क्षेत्रमा चाहिँ लकडाउन केही खुकुलो बनाइएको छ ।
यसअघि त्यहाँको सरकारले घरमा बस्न लगाएको प्रतिबन्ध शुक्रबार सकिने बताइएको थियो ।
न्युयोर्कका गर्भनर एन्ड्र्यू कुओमोले यसको पुष्टि गरेका छन् ।
अमेरिकाको न्युयोर्क अहिले कोरोनाभाइरस महामारीको केन्द्र बनेको छ ।
अमेरिकामा अहिलेसम्म कोभिड १९ का कारण ८५ हजार ८ सय ७ जनाले ज्यान गुमाएका छन् । तीमध्ये २७ हजार ६ सय ७ केवल न्युयोर्कका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।