बुण्डेस लिगा आजबाट

विश्वभर महामारीको रुपामा फैलिएको कारोना भाइरसका कारण गएको मार्च महिनादेखि रोकिएको बुण्डेस लिगा आजबाट पुनः सञ्चालनमा आउने भएको छ ।

लिग अन्तर्गत आज ६ खेल हुँदैछन । नेपाली समय अनुसार साँझ सवा सात बजे एकै साथ ५ खेल हुँदैछन् ।

लिगमा दोस्रो स्थानमा रहेको बेरुसिया डर्टमण्डले छैटौं स्थानको साल्केसँग  प्रतिस्पर्धा गर्ने छ ।

डर्टमण्डको घरेलु मैदान सिङ्गल ईडुना पार्कमा हुने खेलमा जित हासील गर्दै  डर्टमण्ड पहिलो स्थानको वार्यन म्युनिखसँगको अंक दूरी घटाउन चाहान्छ भने साल्के पनि महत्वपूर्ण ३ अंक जोड्ने दाउमा हुनेछ । 

डर्टमण्डले २५ खेलबाट ५१ अंक जोड्दा साल्केले पनि समान खेलबाट ३७ अंक जोडेको छ भने वार्यन म्युनिखले पनि समान खेलबाट ५५ अंक जोडेको छ । 

तेस्रो स्थानको लिपजिङ्गले पनि आप्mनो घरेलु मैदान रेडबुलमा एरिनामा आठौं स्थानको फ्रेवर्गसंग प्रतिस्पर्धा गर्ने छ ।



लिपजिङ्ग यो खेलमा जित निकाल्दै उपाधी होडमा कायम राख्न चाहान्छ भने फ्रेवर्ग पनि जित निकाल्दै अंक तालिकामा सुधार गर्न चाहान्छ । 

लिपजिङ्गको २५ खेलबाट ५० अंक छ भने फ्रेवर्गको पनि समान खेलबाट ३६ अंक  छ । 



त्यस्तै आज सवा सातमा नै हुने अन्य खेलमा होफिनह्यामले हेराथ बर्लिन , डुसेलडर्फले पडेरवर्न तथा अस्बर्गले उल्फवर्गसंग प्रतिस्पर्धा गर्नेछन् ।

आजको अन्तिम खेल फ्र्यान्कफर्ट र बेरुसिया माग्लाडबाच प्रतिस्पर्धा हुनेछ । 

योसँगै कोरोना भाइरसको त्रासबिच स्थतीत घरेलु लिग पुन सुचारु गर्ने जर्मनी  युरोपको पहिलो देश हुनेछ । यसले युरोपका अन्य ठूला लिगहरु सञ्चालनका लागि बाटो खुला गर्नसक्ने अनुमान गरिएको छ । 

लिग सुचारु भएता पनि सबै खेलहरु बन्द रंगशालाभित्र हुनेछन् । 

  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार ६:३८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया