अमेरिकाले भारतलाई भेन्टिलेटर दिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई भेन्टिलेटर दिने भएका छन् । 

उनले ट्विट गर्दै यो जानकारी दिएका हुन् । उनले ट्विटरमा लेखेका छन्, ‘मलाई यो भन्न पाउँदा खुसी लागेको छ कि अमेरिकाले आफ्नो साथी भारतलाई भेन्टिलेटर दान गर्दैछ ।’

उनले आफूहरु यो महामारीमा नरेन्द्र मोदीको साथ रहेको पनि बताएका छन् । उनले लेखेका छन्, ‘हामी यस महामारीको समयमा भारत तथा नरेन्द्र मोदीको साथमा छौँ, हामी भ्याक्सिन बनाउने काममा पनि सहयोग गर्नेछौँ । साथसाथ मिलेर यो अदृश्य दुश्मनलाई हराउने छौँ ।





  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार ७:२६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया