थपिए ३ कोरोना संक्रमित, कूल संख्या २ सय ७६ पुग्यो

नेपालमा थप तीन जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २ सय ७६ पुगेको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

उनीहरु तीनै जना कपिलवस्तुको शिवराज नगरपालिकाका पुरुष भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अहिलेसम्म उनीहरुको अवस्था सामान्य भएको पनि बताइएको छ । 

शनिबार नै यसअघि थप ६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।

उनीहरु बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनका पुरुष तथा महिलाहरु थिए । 





  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार ११:५६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया