डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा एक श्रीमान र उनका दुई श्रीमतीले मिलेर विष सेवन गरेका छन् । विष सेवनपछि ती श्रीमान्को निधन भएको छ भने दुई श्रीमती गम्भीर छन् ।
३२ वर्षीय सुकलाल कुलालले विष सेवन गरेका हुन् ।
उनका दुई श्रीमती २७ र २८ वर्षका बिन्दु कुलाल र रुप्सी कुलाल अचेत छन् । उनीहरुलाई हेलिकोप्टरमा सुर्खेतमा उपचारका लागि लगिएको छ ।
प्रहरीले यो घटनाबारे अनुसन्धान सुरु गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।