धुलिखेलमा मृत्यु भएकी महिलाका आफन्तकाे पनि स्वाब लिइयाे

धुलिखेल अस्तपालमा मृत्यु भएकी महिलाको आफन्तको स्वाब निकालेर परीक्षण सुरु गरिएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ बर्षिया महिलाको बिहीबार राति १० बजे उपचारको क्रममा मृत्यु भएको थियो ।

स्वासप्रस्वासमा समस्या र ज्वरो पनि देखिएपछि धुलिखेल अस्पतालले मृतक महिलाको स्वाब शुक्रबार बिहान निकालेर पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना देखिएको स्रोतले जनाएको छ । पुनः परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

‘हामीले शव लैजान खोजेका थियौं । कोरोना हो कि भनेर परीक्षण गर्ने भनेर लान दिएन,’ मृतकका आफन्तले भने, ‘आज बिहान रिपोर्ट आएपछि हामी यहाँका डाक्टरले कसैलाई नुछुनु भनेर छुट्टै कोठामा राखेको छ ।’

अस्पतालले शनिबार दिउँसो मृतकको श्रीमान, सासु र नन्दको स्वाब निकालिसकेको छ । ‘हाम्रो स्वाब दिउँसै निकालेर परीक्षण गर्न लगिसक्यो,’ आफन्तले भने, ‘बच्चाको पनि परीक्षण गर्न लागेको छ ।’

ती महिला २३ गते टिचिङ अस्पतालमा भर्ना भएर २४ गते सुत्केरी भएकी थिइन् । सुत्केरीको अवस्था सामान्य भएपछि २५ गते उनीहरु बाह्रबिसे गएका थिए ।





  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार १७:२७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया