धनुषामा थप दुई जनामा संक्रमण, संक्रमित संख्या २८१ पुग्याे

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ८१ पुगेको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २८१ पुगेको हो । 

थप संक्रमित हुनेहरुमा धनुषाका २० वर्षीय र ६५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् । यसअघि शनिबार नै थप ११ जनामा संक्रमण पुष्टि भएको थियो ।

साथै कोरोना भाइरसबाट पहिलो पटक नेपालमा एक जनाको मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि गरेको छ ।

सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट गत बिहीबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी ती महिलामा श्वास्प्रश्वासमा समस्या भएपछि धुलिखेलमा थप उपचारका लागि आउँदै गर्दा बाटोमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस सम्बन्धमा थप विवरण लिइएको र परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ । कोरोना भाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएको हो ।





  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार ०:४८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया