बेलायती शिक्षामन्त्री गेविन विलियमसनले बेलायतमा पछिल्लो २४ घन्टामा ४ सय ६८ जनाको कोभिड १९ का कारण मृत्यु भएको जानकारी दिएका छन् । योसँगै अब बेलायतमा ३४ हजार ४ सय ६६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।
बेलायतमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या बढ्दै गए पनि त्यहाँ स्कुलहरु खोल्ने तयारी चलिरहेको छ । गेविनका अनुसार अब १ जुनदेखि बेलायतका ६ कक्षासम्मका विद्यार्थी स्ुकल जान सक्ने छन् । तर, यसबारे फेरि निर्णय गरिने उनले बताएका छन् । उनले विद्यालयहरुले अब अझ बढी सावधानी अपनाउनु पर्ने पनि बताएका छन् ।
बेलायतमा एकै दिनमा शनिबार १ लाख ३६ हजार ४ सय ८६ जनाको कोरोना परीक्षण गरिएको छ । यो त्यहाँ एकै दिनमा भएको सबैभन्दा बढी परीक्षण हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।