कपनमा एक युवतीमा देखियो कोरोनाभाइरस, कपन एरिया सिल

केही दिनअघि सर्लाहीबाट मोटरसाइकलमा काठमाडौंमा आएकी एक युवतीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनको केही पहिले आरडिटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । तर, पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो । 

उनी बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ कपनमा बस्ने गर्थिन् । उनलार्य कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै उक्त क्षेत्र सिल गरिएको छ । 

फरकधारको सम्पर्कमा आएका बुढानिलकण्ठका मेयर उद्धवप्रसाद खरेलका अनुसार उनी लुकिछिपी सर्लाहीबाट काठमाडौं आएकी थिइन् ।

१९ वर्षकी यी युवतीमा कोरोनाभाइरस संक्रमण देखिएपछि अब उनको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम सुरु भएको छ । 





  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार १६:४१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया