भारतमा लगातार ६८ दिन लकडाउन

भारतमा विश्वको सबैभन्दा ठूलो लकडाउन अब फेरि १४ दिनका लागि थपिएको छ । यो भारतमा लकडाउनको चौथो चरण हो । जुन सोमबारबाट सुरु हुँदैछ । यो ३१ मेमा सकिने बताइएको छ । तर, भारतमा त्यसपछि पनि लकडाउन लम्बिने धेरैले अनुमान गरेका छन् । 

किनकि पछिल्लो समय भारतमा कोरोनाभाइरस संक्रमितको संख्या दिनहुँ बढ्दो छ ।

आइतबार तेस्रो चरणको लकडाउन सकिने समयअघि नै भारतको राष्ट्रिय आपत् प्रबन्धन प्राधिकरणले सरकारलाई देशबन्दी जारी राख्न निर्देशन दिएको हो । योसँगै भारतको गृह मन्त्रालयले नयाँ लकडाउनका गाइडलाइन्स निकालेको छ ।

त्यसो त भारतका तमिलनाडु, महाराष्ट्र, पन्जाबलगायतका राज्यले यसअघि नै लकडाउनको घोषणा गरिसकेका छन् । 

योसँगै भारत अब लगातार ६८ औं दिनसम्म लकडाउनमा रहनेछ । यो विश्वमा पूरै देशमा गरिएको सबैभन्दा लामो लकडाउन हो जहाँको जनसंख्या पनि विश्वका धेरै जनसंख्यामा पर्छ ।

भारतमा पहिलो पटक २५ मार्चमा २१ दिनका लागि लकडाउन आह्वान गरिएको थियो । दोस्रोपटक १५ अप्रिलमा सुरु भएको १९ दिनको लकडाउनमा त्यहाँ केही पसलहरु खुल्न पाएका थिए । भारतको तेस्रो लकडाउन चाहिँ ४ मेबाट सुरु भएर १७ मेमा सकिँदै छ । यो लकडाउन चाहिँ त्यहाँ विभिन्न चरणमा पसलहरु खोल्न दिइसकिएको थियो । दिल्लीमा विशेष रेल सेवा पनि सुरु गरिएको थियो ।





  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार १९:३३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया