सरकारले २० जेठसम्म थपेको लकडाउनबारे सरकारका प्रवक्ता तथा अर्थ एवं सूचना तथा सन्चारमन्त्री डा. युवराज खतिवडाले दिएका छन् ।
यसका साथसाथै लकडाउनका विभिन्न मोडालिटीबारे पनि छलफल भएको उनले बताएका छन् । डा. खतिवडाले नेपालीको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउन पनि विभिन्न उपायबारे पनि छलफल भएको बताएका छन् ।
मन्त्रिपरिषद् बैठकमा उनले सीमामा रहेका नेपालीहरुको बारे पनि छलफल भएको बताएका छन् । त्यस्तै उनले क्वारेन्टाइनको क्षमता बढाउनु पर्ने छलफल भएको उनले बताएका छन् । उनले एम्बुलेन्स तथा ढुवानीका गाडीबारे पनि छलफल भएको बताएका छन् । यस्ता गाडीमा मानिसहरुको आवतजावत भएको विषयमा छलफल भएको उनले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।