Wed, 27 May, 2020


काेराेनबारे अफवाह फैलाएका युवक दमाैलीमा पक्राउ
फरकधार / जेठ ४, २०७७

कोरोना भाइरसको बारेमा फेसबुकबाट अफवाह फैलाउने एक युवकलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । दमौलीका तीन जनालाई कोरोना भाइरस देखिएको पुष्टि भएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेर अफवाह फैलाएको भन्दै व्यास नगरपालिका–२ बस्दै आएका तेह्रथुम म्याङलुङ्ग नगरपालिका–७ नागदहका नवराज ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको हो ।  



सामाजिक सञ्जाल फेसबुकमार्फत तनहुँको दमौलीमा तीन जना कोरोना भाइरसका संक्रमित व्यक्ति भेटिएको भन्दै गलत प्रचार गरेको कारण  ढुङ्गानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल तनहुँका प्रमुख प्रहरी उपरिक्षक विनोद सिलवालले जानकारी दिए ।

पक्राउ परेका ढुंगानालाई आइतबार ‘झुट्टा अफवाह फैलाउन नहुने‘ शिर्षकमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएका छ । दमौलीमा कोरोना संक्रमित तीन जना पुष्टि भएको छ भनी पोष्ट गरेर आम नागरिक माझ सन्त्रास फैलाएको देखिएकाले आवश्यक कानूनी कारबाहीका लागि ढुंगानालाई नियन्त्रणमा लिइएको एसपी सिलवालले बताए ।  

दमौलीका एक तरकारी व्यापारी र दुई किराना व्यापारीलाई कोरोना पोजिटिभ देखिएको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरेको उल्लेख ढुङ्गानाले गरेको पोष्टमा उल्लेख थियो । केही समयभित्रै सामाजिक सञ्जालमा भाइरल भएको पोष्टका कारण तनहुँ जिल्लाभर आतंक फैलिएको थियो ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्