न्युराेडकाे एक घरमा आगलागी

काठमाडौं महानगरपालिका- २२ न्युरोडस्थित एक घरमा आगलागी भएको छ। राजेन्द्र महर्जनको घरमा आगलागी भएको हो। विद्युतीय तार सर्ट भएर साझ ६ बजे आगलागी भएको हो।  

आगलागीबाट २० लाख बराबरको धनमाल जलेर नस्ट भएको छ। महानगरीय प्रहरी बृत्त जनसेवाका डिएसपी सुनीलजंग शाहले आगो पूर्ण नियन्त्रणमा आएको बताए। उनका अनुसार महानगर अन्तर्गतको जुद्द बारुद यन्त्रको टोलीले आगो नियन्त्रणमा लिएको हो। पीडित घरधनी अहिले छिमेकीकोमा बसेका छन्।





  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार २२:२६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया