अमेरिकामा कोरोना संक्रमितको संख्या घटिरहेको छः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या घटिरहेको भन्दै खुसी व्यक्त गरेका छन् । उनले यसलाई गुड न्युज भन्दै सामाजिक सन्जाल ट्विटरमा टिप्पणी समेत गरेका छन् ।

उनले निकै तीव्र गतिमा अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या घटिरहेको भन्दै केही ठाउँ चाहिँ अपवाद रहेको बताएका छन् ।

जोन्स हप्किङ्स विश्वविद्यालयका अनुसार अमेरिकामा अहिलेसम्म १४ लाख ८६ हजार ३ सय ७६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । अमेरिकामा कोभिड १९ का कारण ८९५४९ जनाले ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार ९:३५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया