थप एक पत्रकारालाई कोरोनाभाइरस

पछिल्लो समय कोरोनाभाइरसविरुद्धको लडाइँमा फ्रन्टलाइनमा हुनेहरुमा संक्रमण बढ्दो छ । हिजोमात्र धरानमा एक नर्समा कोरोनाभाइरस संक्रमण देखिएपछि नेपालमा कोरोनाभाइरस संक्रमित नर्सको संख्या ४ पुगेको छ । त्यस्तै, नेपालमा सबै सुरक्षा संयन्त्रका गरेर ९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । 

अब बारामा पनि थप एक पत्रकारलाई कोरोनाभाइरस संक्रमण भएको खुलेको छ । 

सोमबार स्वास्थ्य मन्त्रालयले बाराका एक व्यक्तिमा कोरोनाभाइरस संक्रमण भएको सूचना जारी गरेको थियो । अन्य ८ जना रौतहटका थिए । बाराका कोरोना संक्रमित चाहिँ पत्रकार भएको खुलेको हो ।

यसअघि पर्सा, उदयपुर र जनकपुरमा ४ जना पत्रकारलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भइसकेको छ । योसँगै नेपालमा ५ जना पत्रकारमा कोरोनाभाइरस संक्रमण भएको छ ।

नेपालमा अहिलेसम्म ३ सय ४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । ३६ जना निको भएका छन् भने २ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार १०:२७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया