खाद्यान्न बोकेको मिनिट्रकबाट मदिरा बरामद

कैलाली– कैलालीमा प्रहरीले खाद्यान्न बोकेको मिनिट्रकबाट मदिरा बरामद गरेको छ। एक लाख १५ हजारबराबरको मदिरा बरामद भएको प्रहरीले जनाएको छ । 

धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको से१ख २०१० नम्बरको मिनिट्रकलाई चटकपुरमा रोकी चेक गर्दा एक सय २६ पेटी मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको मदिरा आन्तरिक राजस्व कार्यालय कैलालीमा बुझाइने प्रहरीको भनाइ छ । चालक गोदावरी नगरपालिका ४ का नरेन्द्र सिंह महरालाई नियन्त्रणमा लिइएको कैलालीका प्रहरी प्रवक्ता डिएसपी दक्ष कुमार बस्नेतले बताए ।

उनले ट्रक र मदिरा धनी धनगढी उपमहानगर १३ बस्ने दिनेश पन्तलाई समेत नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय कैलालीबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइहेको बताए।





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार ११:४२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया