थप ६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमित संख्या ३५७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा पनि कोरोनाभाइरस संक्रमण देखिएको छ । सोमबार उनीहरुको परीक्षण गर्दा कोरोनाभाइरस संक्रमण देखिएको हो । यी जिल्लाहरुमा एक एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अब नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३ सय ५७ पुगेको छ ।

पछिल्लो समय भेटिएका कोरोनाभाइरस संक्रमित १८ देखि ३६ वर्ष उमेर समूहका छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । 

योसँगै नेपालमा सोमबार मात्र ६१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार १६:४२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया