ट्रम्पले भने– कोरोनाभाइरसबाट बच्न मैले हाइड्रोक्सिक्लोरोक्विन खाइरहेको छु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक प्रमाणित नभइसकेको औषधीबारे बोलेका छन् । उनले आफूले नै कोरोनाभाइरसबाट बच्न हाइड्रोक्सिक्लोरोक्विन नामको औषधी खाइरहेको बताएका हुन् ।

मलेरियाको उपचारका लागि प्रयोग हुने यो औषधी ट्रम्पले यसअघि पनि बारम्बार कोभिड १९ को उपचारका लागि उपयोगी हुने बताउँदै आएका छन् । तर, यसको वैज्ञानिक आधार अहिलेसम्म प्रमाणित हुन सकेको छैन । 

यो औषधीले कोभिड १९ ठिक हुन्छ या हुँदैन भन्नका लागि परीक्षणहरु चाहिँ सुरु भएका छन् । 

‘मैले यो लिन थालेको साढे दुई साता भएको छ, र म यहाँ छु,’ सोमबार पत्रकार सम्मेलनमा ट्रम्पले बताएका हुन् । 

यसको प्रभाव के छ त भन्ने प्रश्नमा चाहिँ उनले भनेका छन्, ‘यहीँ छ मेरो प्रमाण, मैले यसबारे निकै धेरै सकारात्मक कलहरु पाइरहेको छु ।’





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार ३:२६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया