टाउकोमा चिर्पट प्रहार गरेर छोरीले गरिन् बाबुको हत्या
प्रतिकात्मक तस्वीर

इलाममा एक युवतीले आफ्नै बाबुको हत्या गरेकी छिन् । यो घटना सोमबार रातिको हो । इलामको देउमाई नगरपालिका ६ शान्तिडाँडामा सुष्मा राईले बाबु फुलबहादुर राईको हत्या गरेकी हुन् । 

बाबुको हत्यापछि उनी फरार छिन्, प्रहरीले उनको खोजी सुरु गरेको छ ।

५२ वर्षका बाबु र २५ वर्षकी छोरीबीच झगडा परेपछि बाबुको हत्या भएको हो । यी दुईको यसअघि पनि बारम्बार झगडा परिरहने त्यहाँका स्थानीयले बताएका छन् ।

प्रहरीले अनुसन्धानबाट राति झगडा गरेपछि छोरीले चिर्पट प्रहार गरेर बाबुको हत्या गरेको खुलेको बताएको हो । बाबुको हत्या गर्ने यी छोरी बाबुआमासँग बस्दै आएकी थिइन् । सोमबार उनकी बहिनी र ज्वाइँ पनि घरमा आएका थिए । तर, दिउँसो बाबु छोरीको झगडा पर्न थालेपछि उनीहरु गाउँमा अरुकै घरमा पुगेका थिए । 





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार ११:१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया