काठमाडौंका संक्रमितः छापाखानामा काम गर्थे, भैरहवाबाट फर्किएका थिए

मंगलबार काठमाडौं उपत्यकामा थपिएका पाँच कोरोनाभाइरस संक्रमितमध्ये एक जनाले बागबजारमा काम गर्ने गरेको खुलेको छ । उनको बसोबास पनि बागबजारमा नै रहेको खुलेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार काठमाडौंमा भएको परीक्षणमा काठमाडौंमा मात्र तीन जना नयाँ कोरोनाभाइरस संक्रमति भेटिएको उल्लेख गरिएको छ । 

छापाखानामा काम गर्ने यी संक्रमित चाहिँ केही दिनअघि भैरहवाबाट काठमाडौं आएका थिए । हार्दिक होटल नजिकै बसोबास गर्ने र छापाखानामा काम गर्ने उनलाई त्यहाँका स्थानीयले कोरोनाभाइरस परीक्षण गर्न दबाब दिएका थिए । उनी भैरहवाबाट फर्किएलगत्तै स्थानीयले उनलाई यस्तो दबाब दिएका छन् । 

अब उनी बसोबास गर्ने क्षेत्रलाई सिल गर्ने तयारी स्थानीय प्रशासनले गरेको छ । यी संक्रमितलाई आइसोलेसनमा पनि राखिएको छ ।





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार १९:३८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया