खाेटाङमा लकडाउनमा कडाइ, किनमेलकाे समय ताेकियाे

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले खाद्यान्न लगायतका अत्यावश्यकीय सामान किनमेलका लागि समय निर्धारण गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मंगलबार बसेको कोभिड–१९ को संक्रमण तथा रोकथाम नियन्त्रण स्थानीय कार्यदलको बैठकले खाद्यान्न, तरकारी, औषधि लगायतका अति आवश्यकीय सामान किनमेलका लागि बिहान तीन घण्टा र बेलुका दुई घण्टा बजार खुला गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाबासीलाई अत्यावश्यकीय सामान दैनिक बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेकोबीचमा खरिद तथा बिक्री गर्न आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।  

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले लकडाउनकाबेला अत्यावश्यक काम, औषधि उपचार, खाद्यान्न खरिदका लागि जिल्लाका हरेक पालिकामा दैनिक बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ५ बजेसम्म खुला गर्ने व्यवस्थाका लागि आग्रह गरेको केही दिनपछि नै दिप्रुङले बजार खुलाउने समय निर्धारण गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिकामा एक जना युवालाई कोरोना संक्रमण भएको पूष्टी भएपछि सतर्कता अनपाइएको गाउँपालिका अध्यक्ष राईले बताए ।





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार २१:५६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया