नेपाली श्रमिकको रोजगारी निरन्तरताका लागि युएइ सरकारसँग अनुरोध

काठमाडौं- उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली श्रमिकहरूलाई आगामी दिनमा रोजगारीको निरन्तरताका लागि युएइ सरकारसँग अनुरोध गरेका छन् । कोरोना भाइरस संक्रमणका कारण प्रभावित श्रमिकहरूलाई रोजगारीबाट वन्चित नगर्न उनले टेलिफोन मार्फत आग्रह गरेका हुन् ।

उपप्रधानमन्त्री पोखरेल कोरोना रोग नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक समेत हुन् । उनले युएइका रक्षा राज्यमन्त्री मोहमम्मद अहमेद अल बवार्दीबीच भएको टेलिफोनवार्तामा यस्तो आग्रह गरेका हुन्।

संयुक्त अरब इमिरेट्स सरकारले युएईमा विभिन्न पेशा¸व्यवसायमा संलग्न रही लकडाउनका कारण घर फर्कन चाहेका नेपाली श्रमिकहरूलाई स्वदेश फर्काउन आवश्यक सहजीकरणको लागि अनुरोध पठाएको थियो । यसलाई नेपाल सरकारले सकारात्मक रूपमा लिएको समेत उपप्रधानमन्त्री पोखरेलले बताएका थिए।

फोनमा उपप्रधानमन्त्री पोखरेलले देशभित्र आवश्यक पूर्वाधार, स्वास्थ्य परीक्षण, क्वारेन्टाइन लगायतका सुविधाहरूको व्यवस्था गरेर विदेशमा रहेका नेपालीहरूलाई मुलुकभित्र ल्याउने तयारी भइरहेको जानकारी गराएका थिए।





  • प्रकाशित मिति : जेठ ८, २०७७ बिहीबार १०:४१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया