‘‘ट्रम्प औषधी’ले झन् मृत्यु खतरा बढायो’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार कोरोनाभाइरसका लागि सिफारिस गर्दै आएको मलेरियाको औषधी सेवन गर्दा संक्रमितको मृत्यु हुने खतरा झन् झन् बढेको एक अध्ययनले पाएको छ । द ल्यान्सेटमा प्रकाशित रिपोर्टअनुसार मलेरियाविरुद्धको औषधी कोरोनाभाइरस उपचारका लागि थप खतरानक भएको बताइएको हो । 

राष्ट्रपति ट्रम्पले चाहिँ कोरोना महामारी अमेरिकामा फैलिएसँगै हाइड्रोक्सिक्लोरोक्वाइनलाई विशेष जोड दिँदै आएका छन् । उनले केही दिनअघि मात्र आफूले यो औषधी खाँदै गरेको पनि बताएका थिए । 

उनले आफूले कोभिड १९ विरुद्ध यो औषधी सेवन गरिरहेको र यसले कुनै असर नगरेको बताउँदै आएका थिए ।

हाइड्रोक्सिक्लोरोक्वाइन मलेरियाका लागि उपयुक्त भए पनि अहिलेसम्म वैज्ञानिक रिसर्चहरुले कोरोनाभाइरसका लागि यो औषधीले ठिक गर्ने कुनै आधार पाएका छैनन् ।

यो अध्ययनका लागि द ल्यान्सेटले ९६ हजार जनामाथि अध्ययन गरेको बिबिसीमा प्रकाशित छ । यीमध्ये कम्तिमा पनि १५ हजार जनालाई हाइड्रोक्सिक्लोरोक्वाइन दिइएको थियो । यसले मृत्यु दर १८ प्रतिशतले बढाएको बिबिसीमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ । 





  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार ६:१८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया