काठमाडौंमा एक जनासहित थप ३२ जनामा कोरोनाभाइरस संक्रमण, नेपालमा कूल ५४८

नेपालमा अब कोरोनाभाइरस संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । नयाँ संक्रमित ३२ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको हो । 

शनिबार विहान स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौंसहित ६ जिल्लामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको हो । 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले दिएको जानकारीअनुसार काठमाडौंमा एक ३५ वर्षका पुरुषमा पनि कोरोनाभाइरस संक्रमण देखिएको छ ।

कपिलवस्तुमा ७ पुरुष र एक महिला, सर्लाहीमा १३ पुरुष, बारामा ३७ वर्षकी एक महिला, रुपन्देहीमा ८ पुरुष र चितवनमा ५२ वर्षका एक पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 

योसँगै अब नेपालमा कोरोना संक्रमितको संख्या दुई दिनमा नै १ सयले बढेको छ । अहिलेसम्म नेपालमा ३ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार ११:७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया