भारतलाई हाम्रो जमिन नमिचभन्दा वर्षा राउतलाई समस्या– भारतीय साथीसँग कसरी फेस गर्ने ?

नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी मिचेर भारतले वर्षौदेखि आफ्नो रवैया देखाइरहेको छ । पछिल्लो समय नेपाल सरकारले नयाँ नक्सामा यी भूमि पनि समावेश गरेर देशको सबै भूभाग हाम्रो हो भन्ने सन्देश दिइरहेको छ । 

यता नेपालले आफ्नो भूमि आफ्नो नक्सामा समावेश गरेको छ भने भारतमा चाहिँ यही कारणले आक्रोश उत्पन्न भएको छ । भारतीय मिडियाहरु नेपाल सरकार, नेपालीमाथि खनिएका छन् ।

यो सबलाई बेवास्ता गर्दै अभिनेत्री मनिषा कोइरालाले देशप्रतिको माया देखाएकी छिन् । भारतीय टिभी च्यानलहरुले चर्को विरोध गर्दा पनि उनी आफ्नो देशको माया अडिग छिन्, नेपालको जग्गा भारतले अतिक्रमण गरेको हो भन्ने निक्र्योलमा अडिग छिन् ।

तर, नेपालकै अभिनेत्री वर्षा राउतलाई भने यो कुरा मन परेको छैन । 

शनिबार एकाएक उनले दिएको यस्तै अभिव्यक्तिको एउटा भिडियो सामाजिक सन्जालमा भाइरल भइरहेको छ । भिडियोमा उनले प्रष्टरुपमा भनेकी छिन्– यता र उताका पत्रकार झगडा गर्दा मलाई मेरा इन्डियन साथीसँग फेस गर्न समस्या भयो ।

सन्दर्भ हो, सिनेपाटी नामको एक युट्युब च्यानलमा आएको वर्षा र प्रियंकाको एक भिडियो अन्तर्वार्ताको । वर्षा बस्नेतले लिएको यो अन्तर्वार्तामा उनले प्रियंका र वर्षालाई पछिल्लो सीमा विवादबारे पनि सोध्छिन् ।



प्रियंकाले यसबारे आफूले रिसर्च नगरिसकेको भन्दै यसबारे रिसर्च गर्न पर्ने जवाफ दिन्छिन् । त्यसपछि पालो आउँछ वर्षा राउतको ।

वर्षाले पनि प्रियंकाका कुरामा सहमत छिन् ।



वर्षाले भनेकी छिन्, ‘ देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो, तिमीहरुले के गरेको भनेर झगडा गर्ने कुरा होइन नि । यो त टेबल टक गरेर उताको गर्भमेन्ट र यताको गर्भमेन्टले मिलेर गर्ने कुरा हो नि त । यहाँ त झगडा पारिरहेका छन्, उताको र यताको जर्नालिस्टसँग मिलेर ।’

उनी यतिमै रोकिन्नन् । उनले थपेकी छिन्, ‘अहिले त यता र उताका जर्नालिस्ट मिलेर झगडा झगडा पार्ने कुरा भइरहेको छ के ।’

त्यसपछि उनले थप्छिन्– मेरो इन्डियन फ्रेन्ड्ससँग कसरी फेस गर्ने भइरहेको छ के अहिलेको सिजुएसन चाहिँ ?

ल, एकछिनलाई मानौँ, यसले वर्षालाई भएका केही भारतीय साथीहरुसँग कुराकानी गर्नलाई नै समस्या पार्यो रे । तर, के मनिषा कोइरालाका लाखौँ भारतीय समर्थक छैनन् ? भारतीय साथीहरु मनिषा कोइरालाका छैनन् ? के मनिषालाई यो विषयमा आफ्नो मनमा भएको देशको माया पोख्दा भारतीय साथीहरुसँग समस्या पर्छ भन्ने सोच आएन होला ? 

पक्कै पनि आयो होला । तर, उनले आफूले जे गर्नु पर्ने हो, त्यो गरिन्, अर्थात् देशप्रति मनमा रहेको आफ्नो माया पोखिन् ।

अनि वर्षा राउतले ? 

अहिले सामाजिक सन्जालमा निकै चर्चा पाइरहेको उनको यो भिडियो हेर्नुहोस्ः
 

  • प्रकाशित मिति : जेठ १०, २०७७ शनिबार २३:४२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया