कोरोना अपडेटः विश्वभर ३ लाख ४० हजारभन्दा बढीको मृत्यु

गत वर्ष डिसेम्बरको अन्त्यमा सुरुमा चीनको वुहानमा मानिसमा देखिएको कोरोनाभाइरसका कारण अहिले विश्व ठूलो संकटमा परिसकेको छ । पछिल्लो समय यो महामारीका कारण सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ ।

विश्वभर अब कोरोनाभाइरस संक्रमितको संख्या आधा करोडभन्दा बढी भएको छ । पछिल्लो तथ्यांकअनुसार अब विश्वमा ५२ लाख ७० हजार २ सय ४४ जना कोरोनाभाइरस संक्रमित पुगेका छन् । 

यो भाइरसका कारण हुने रोग कोभिड १९ का कारण अब विश्वभर ३ लाख ४० हजारले ज्यान गुमाएका छन् । 

चीन पछि युरोपलाई आफ्नो इपिसेन्टर बनाएको यो भाइरसले अमेरिकामा ठूलो तान्डव मच्चायो । अब कोरोनाभाइरसले दक्षिण अमेरिकामा नयाँ केन्द्र बनाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । ब्राजिलमा मात्र अहिलेसम्म यो भाइरसका कारण २१ हजार ४८ जनाले ज्यान गुमाएका छन् । 

ब्राजिलमा ३ लाख ३० हजार मानिसमा यो भाइरस संक्रमण देखिएपछि विश्वको दोस्रो सबैभन्दा बढी प्रभावित देश ब्राजिल बनेको छ ।





  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार २:१२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया