चीनमा फेरि भेटिए कोरोना संक्रमित

चीनमा शनिबार मात्र एक जना पनि कोरोनाभाइरस संक्रमित नभेटिएको समाचार आएको थियो । चीनले नै शनिबार एकै दिनमा १४ लाख ७० हजारभन्दा धेरै जनाको कोरोना परीक्षण गरेर चमत्कार देखाएको थियो । 

अब कोरोनाको उद्गम मानिने चीनमा फेरि संक्रमित भेटिएका छन् । 

चिनियाँ मिडियाअनुसार आइतबार त्यहाँ ३ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । 

अहिलेसम्म चीनमा ८३ हजार जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । त्यहाँ कोभिड १९ का कारण ४ हजार ६ सय जनाले ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : जेठ ११, २०७७ आइतबार १८:४७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया