लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच ‘सबैभन्दा ठूलो’ संघर्ष

पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखामा भारतीय र चिनियाँ सेनाबीच सबैभन्दा ठूलो संघर्ष भएको अनुमान गरिएको छ । यस्तो अनुमान किन गरिएको हो भने त्यहाँ पछिल्लो समय भारत र चीन दुवैले आफ्ना सेनाको उपस्थितिलाई बाक्लो बनाएका छन् । 

यो ठाउँमा चीनले आफ्नो सेना २ हजार ५ सयभन्दा बढी पुर्याइसकेको छ । अनि उसले त्यहाँ अस्थायी निर्माण पनि सुरु गरेको भारतीय मिडियाहरूले रिपोर्ट गरेका छन् । 

यता, भारतले पनि आफ्नो सेनाको उपस्थिति त्यहाँ बढाउँदै लगेको छ । भारतीय मिडिया नवभारत टाइम्सले एक सैनिक अधिकृतलाई उद्धृत गर्दै त्यहाँ अब भारतको सेनाको उपस्थिति चीनको भन्दा राम्रो भएको बताइएको छ ।

५ मेमा यही ठाउँमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको थियो । यो झडपमा दुवै पक्षका कम्तिमा पनि १० जना सैनिक घाइते भएको जनाइएको थियो । 





  • प्रकाशित मिति : जेठ १३, २०७७ मंगलबार ७:१०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया