जंगली च्याउ खाँदा लम्जुङमा एकै परिवारका ६ जना बिरामी

लम्जुङ– जंगली च्याउ खाँदा लम्जुङमा एकै परिवार का ६ जना बिरामी परेका छन । लम्जुङको राइनास नगरपालिकाका एकै परिवारका ६ जना बिरामी भएका हुन् । 

बिरामी परेपछि उनीहरुलाई नजिकैको दूधपोखरी–६ मा पर्ने गौडा प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो । जसमध्ये एकजना ४ वर्षीय बालकको अवस्था गम्भीर रहेको छ । परिवारका अन्यमा पनि लक्षण देखिन सुरु भइपछि स्वास्थ्य चौकीले उक्त परिवारलाई जिल्ला सामुदायिक अस्पताल, लमजुङ रेफर गरेको छ । 

गौडा प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. दीपक लोहालाका अनुसार अहिले उनीहरुको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । सबैको अवस्था सामान्य बन्दै गएको छ ।
  
गौडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आवश्यक औषधि, उपकरण पर्याप्त मात्रामा नरहेकाले बिरामीलाई जिल्ला अस्पताल पठाउनुपर्ने बाध्यता रहेको स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. लोहलाको गुनासो छ । 





  • प्रकाशित मिति : जेठ १३, २०७७ मंगलबार ११:२७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया