गीतकार रत्नशमशेर थापाको निधन भएको छ ।
केही दिनअघि बिरामी भएपछि उनी नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । बिहीबार दिउँसो उनको निधन भएको हो ।
उनी ८१ वर्षका थिए ।
‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो,’ जाग लम्क चम्क हे नौजवान होलगायतका उनका गीत निकै चर्चित छन् ।
थापाले दर्जनौं नेपाली फिल्मका लागि पनि गीत लेखेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।