बजेटः के व्यक्तिगत तर्फ आयकरको सीमामा कुनै परिवर्तन आयो ?

सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले आगामि आर्थिक वर्षका लागि बजेट ल्याएका छन् । 

सधैं बजेटमा ध्यान जाने कुरा हुन्छ, यो वर्ष करको दायरामा के फरक ल्याइएको छ ?

यसवर्ष चाहिँ कोरोनाभाइरस महामारीका कारण राजश्व कम उठ्ने भएको छ । त्यसैले हुनुपर्छ, सरकारले यसवर्ष व्यक्तिगत तर्फ आयकरमा दिने छुटको सीमामा कुनै परिवर्तन ल्याएको छैन । 

अहिले व्यक्तिगत आयकर तर्फ अविवाहित व्यक्तिले ४ लाख र विवाहितले साढे ४ लाखसम्मको आम्दानीमा १ प्रतिशत कर तिर्नुपर्छ । त्यसपछिको थप १ लाख आम्दानीमा १० प्रतिशत कर लाग्छ ।

त्यसपछि ५ लाखसम्मको आम्दानीमा ५ प्रतिशत कर लाग्छ । ५ देखि ७ लाखसम्मको आम्दानीमा २० प्रतिशत कर लाग्छ । ८ देखि २० लाखसम्मको २० प्रतिशत कर लाग्छ । २० लाखभन्दा बढीको आम्दानीमा ३६ प्रतिशत कर लाग्छ ।





  • प्रकाशित मिति : जेठ १५, २०७७ बिहीबार १९:२८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया