अमेरिकामा चिनियाँ प्राेफेसरकाे हत्या: 'सायद उनी काेराेनाभाइरस अमेरिकी ल्याबमा बनेकाे निचाेडमा पुगेका थिए'

कोरोनाभाइरसबारे रिसर्च गरिरहेको चीनमा जन्मिएका एक प्रोफेसरको अमेरिकामा भएको मृत्युलाई अब विश्वभर षडयन्त्र भन्न थालिएको छ । 

३७ वर्षका बिंग ली केहीअघि आफ्नो घरमा मृत पाइएका थिए । उनी पिट्सबर्ग विश्वविद्यालयको स्कुल अफ मेडिसिन विभागमा असिस्टेन्ट प्रोफेसर थिए । 

उनीसँगै काम गरिरहेका अन्य प्रोफेसरहरुले चाहिँ उनी कोभिड १९ बारे अहम खोज गरिरहेको र त्यसको नजिक पुगेको बताएका छन् । यहीबीच विश्वभर अनलाइन मिडियामा उनको हत्या भएको समाचार आएको थियो ।

तर, प्रहरीले उनको हत्या मात्र नभएर, यो घटनामा अर्को आत्महत्या पनि जोडिएको बताएको छ । प्रहरीका अनुसार पिट्सबर्गमा बिंग लीको टाउको, छाती र हात र घाँटीमा गोली लागेको थियो । उनलाई गोली हान्ने व्यक्तिको पनि पहिचान भएको छ । लीमाथि गोली चलाउने व्यक्ति ४६ वर्षका सफ्टवेयर इन्जिनियर हाउ गु भएको प्रहरीले जनाएको छ । 

प्रहरीले उनले लीलाई गोली हानेर फर्किँदा आफूले पनि आत्महत्या गरेको जनाएको छ ।

ली र गुले एकले अर्कालाई राम्रोसँग चिनेको र यो घटनामा पहिले हत्या भएको र त्यसपछि आत्महत्या भएको दाबी अमेरिकी प्रहरीको छ । यसअघि यी दुई अन्तरंग साथी भएको बताइएको छ । उनीहरुबीच अर्को एक साथीबारे बहस भएको छानबिनमा प्रहरीले पाएको छ । त्यसैले प्रहरीले कोरोनाभाइरसबारे उनको अध्ययनमा यो हत्याको कुनै सम्बन्ध नरहेको निष्कर्ष निकालेको छ । 



ली चिनियाँ हुन् । उनले सिंगापुरमा स्नातक र पिएचडी गरेका थिए । त्यसपछि शोधका लागि उनी अमेरिका गएका थिए ।

उता, चिनियाँ सामाजिक सन्जाल प्लेटफर्म विबोमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘ओ माइ गड, यस्तो लाग्छ कि यो मिसन इम्पोसिबलको एउटा कथा हो । सायद उनी कोरोनाभाइरस अमेरिकाको ल्याबमा तयार भएको निष्कर्ष निकाल्न नजिक पुगिसकेका थिए ।’



चिनियाँ अधिकारीहरु र सरकारी मिडियाले यो कोरोनाभाइरस अमेरिकी ल्याबमा बनेको र अमेरिकी सेनामार्फत् चीनसम्म पुर्याइएको केही अघिदेखि दाबी गर्दै आएका थिए ।

चिनियाँ सरकारी मिडियासँग जोडिएको एक न्युज वेबसाइट ग्लोबल टाइम्सले लेख छाप्दै लीको हत्यामा कयौँ अरु अड्कल लगाइएको जनाइएको छ । 

  • प्रकाशित मिति : जेठ १७, २०७७ शनिबार ०:३८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया