सेनाका अवकाशप्राप्त पाइलटसहित नौजनालाई आर्थिक अनियमितामा कारबाही

काठमाडौं– नेपाली सेनाले अवकाशप्राप्त उपरथीसहित नौजनालाई आर्थिक अनियमिता गरेको ठहर गर्दै कारबाही गर्ने निर्णय गरेको छ । यसरी कारबाहीमा पर्नेमा अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठसहित नौजना छन् । 

नेपाली सेनाले एक विज्ञप्ति जारी गरी सो कारबाहीबारे जानकारी गराएको छ । कारबाही परेकाहरुमाथि सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोग छ ।  

सैनिक ऐन २०६३ बमोजिम एकजना अवकाश प्राप्त पाइलट उपरथीलाई नसिहत तथा रकम असुल उपर, आठजना सैनिक अधिकृतहरुलाई सचेत र एकजना अधिकृत तथा ९ नौजना अन्य दर्जाहरुलाई सफाइ दिने गरी फैसला गरिएको विज्ञप्तिमा उल्लेख छ । 

सैनिक हवाई महानिर्देशनालय भएको उक्त घटनाको सत्यतथ्य छानबिन गर्न सैनिक मुख्यालयले रथीको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी बोर्ड गठन गरेको थियो । उक्त बोर्डको प्रतिवेदनका आधारमा अदालतले कारवाही गर्ने निर्णय गरेको हो ।





  • प्रकाशित मिति : जेठ १७, २०७७ शनिबार १४:४४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया