ह्वाइट हाउसबाहिर उग्र विरोध प्रदर्शन, राष्ट्रपति ट्रम्पलाई बंकरमा लुकाइयो

एजेन्सी– अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको बाहिरपट्टि उग्र विरोध प्रदर्शन भएपछि सुरक्षाकर्मीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई केहीबेर बंकरमा लुकाएका छन् । अश्वेत जर्ज फ्लोइडको मृत्युपछि अमेरिकामा विरोधले उग्र रुप लिइरहेको छ । 

राजधानी वासिङ्टन डिसीलगायत ४० सहरमा कर्फ्यु लगाइएको छ । आइतबार राति प्रदर्शनकारीले ह्वाइट हाउसअगाडि ठूलै प्रदर्शन गरेका थिए । 

यसअघि शुक्रबार ह्वाइट हाउसअगाडि प्रदर्शनको क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पलाई केही बेरका लागि अन्डरग्राउन्ड बंकरमा लगिएको न्युयोर्क टाइम्सले जनाएको छ । प्रदर्शनकारीलाई हटाउनका लागि सिक्रेट सर्भिस र युनाइटेड स्टेट्स पार्क पुलिसलाई हम्मे परेपछि ट्रम्पलाई बंकरमा लुकाइएके थियो । 

मेलानिया र ब्यारन ट्रम्पलाई बंकरमा लगे नलगेको बारे भने स्पष्ट जानकारी प्राप्त छैन । ह्वाइट हाउस बाहिर ठूलो संख्यामा प्रदर्शनकारी जुटेको देखेपछि ट्रम्प आत्तिएका थिए । 





  • प्रकाशित मिति : जेठ १९, २०७७ साेमबार ११:२६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया