रूकुम घटनाबारे छानबिनका लागि सर्वदलीय संसदीय छानबिन समिति गठन गरः गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले रूकुम घटनाबारे छानबिनका लागि सर्वदलीय संसदीय छानबिन समिति गठन गर्न सभामुखसँग माग गरेका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ मा भएको घटनाबारे छानबिन गर्न सर्वदलीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेका हुन् । 

दलितका हकअधिकार र कानुन बनायौँ भनेर गर्व गरिरहँदा रूकुमको नरसंहारले सबैको अनुहारमा कालो पोतिएको सांसद थापाको भनाइ थियो । उक्त घटनामा राज्यको लाचारीलाई संसदले टुलुटुलु हेरेर बस्न नमिल्ने उनले बताए ।

उक्त घटनामा जाजरकोटका नवराज विक उनका पाँच जना साथीको मृत्यु भएको थियो भने एकजना अझै बेपत्ता छन् ।





  • प्रकाशित मिति : जेठ १९, २०७७ साेमबार १२:५४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया