कोरोना संकटका कारण समस्यामा परेका नेपालीलाई लिएर युएईबाट आउने भनिएको पहिलो उडान रोकिएको छ । यो शुक्रबार साँझ नेपाल आउने तय भएको थियो ।
युएईले आफ्नै खर्चमा नेपालीहरुलाई त्रिभुवन विमानस्थल ल्याइदिने प्रस्ताव गरेको थियो । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले यसलाई स्वीकृति दिएको थियो ।
शुक्रबार साँझ कम्तिमा पनि १ सय ६५ जनालाई लिएर नेपाल आइपुग्ने भनिएको विमान अचानक रोकिएको हो ।
नेपाली परराष्ट्रका अधिकारीहरुका अनुसार युएईका अधिकारीले यसबारे केही कुरा प्रष्ट हुन बाँकी रहेको भन्दै उडान नगर्ने भएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।