रुकुम घटनाबारे छानबिन गर्न संसदीय समिति गठन हुने

रुकुम पश्चिममा जातीय विभेदका कारण युवाहरुको हत्या भएकोबारे छानबिन गर्न संसदीय समिति गठन हुने भएको छ । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समिति गठन गर्ने बताएका हुन् । 

१० जेठमा पश्चिम रुकुममा ६ जना युवाहरूको हत्या भएको थियो । उक्त घटनामा दलित युवाहरूमाथि हमला गरिएको थियो । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख सापकोटाले उक्त घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन हुने बताएका हुन् ।

प्रतिपक्षी कांग्रेसका सांसदहरुले उक्त घटनाको छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्न माग गरेका थिए ।





  • प्रकाशित मिति : जेठ २३, २०७७ शुक्रबार १२:५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया