उपत्यकाका तीनै मेयरको मागः काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गर

काठमाडौं– काठमाडौं, ललितपुर र भक्तपुरका मेयरहरुले काठमाडौँ उपत्यका विकास प्राधिकरण अविलम्ब खारेजी गर्न सरकारसँग माग गरेका छन् । उपत्यका नगरपालिका फोरममार्फत विज्ञप्ति जारी गर्दै उनीहरुले यस्तो माग गरेका हुन् । 

२०४५ सालमा तत्कालीन राजा वीरेन्द्रले लालमोहर लगाएको ऐनका आधारमा चलेको उपत्यका विकास प्राधिकरणलाई अहिलेको संविधानले नचिनेको भन्दै नगरपालिका फोरमले पटक–पटक खारेजीको माग गर्दै आएको छ । 

२०७६ साल बैशाख २५ गते फोरमका अध्यक्ष शाक्यको अध्यक्षतामा सम्पन्न चौथो विस्तारित बैठकले पनि तत्काल प्राधिकरण खारेजीको माग गरेको थियो ।

काठमाडौं उपत्यका विकास प्राधिकरण २०६८ मा पहिलो संशोधन भएको थियो ।





  • प्रकाशित मिति : जेठ २६, २०७७ साेमबार १३:२९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया