रुपन्देही हत्याकाण्डः हत्या भएकाको पहिचान खुल्यो, एक महिला, चार पुरुष

रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवा गाउँमा भएको सामूहिक हत्यामा ज्यान गुमाउने पाँच जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा माधव मुसहर र उनकी श्रीमती जानकी मुसहर, पोखराज मुसहर, करण चौधरी र आशिष चौधरी रहेका छन् ।

घटनाबारे थप अनुसन्धान प्रहरीले सुरु गरेको छ । 

तिलोत्तमा नगरपालिकाका अधिकारीहरु घटनास्थलमा जाँदै छन् । प्रहरीले यसको अनुसन्धान सुरु गरेको छ । हत्याको आरोपमा सुर्खेतका एक युवक पक्राउ परेका छन् । उनले आफूले उनीहरुको हत्या स्वीकार गरेको प्रारम्भिक बयानमा बताएको प्रहरीले जानकारी दिएको छ । थप विवरण आउन बाँकी छ ।






  • प्रकाशित मिति : जेठ २७, २०७७ मंगलबार ८:३७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया