सरकारलाई नागरिकको प्रश्नः कोरोना नियन्त्रणमा कहाँ खर्च भयो ? सरकारको जवाफः प्रहरीको लाठी र पानीको फोहोरा

देशमा दैनिक कोरोनाभाइरसका संक्रमित बढिरहेका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढ्दो छ । सरकारले लकडाउन लगाएको छ तर यसले यो समस्या समाधान भएको देखिँदैन ।

यहीबीच प्रधानमन्त्री निवास बालुवाटारनजिकै केही नागरिकहरु जम्मा भएर सरकारलाई प्रश्न सोधका छन् । उनीहरुको प्रश्न छ– सरकारले किन पिसिआर टेस्ट गरिरहेको छैन ? 

उनीहरुको अर्को प्रश्न हो– सरकारले कोरोना नियन्त्रणका लागि खर्च गरेको भनेको अर्बौँ कहाँ खर्च भयो ?

सरकारसँग लकडाउनको विकल्प, कोरोना नियन्त्रणका लागि भएको खर्चको हिसाब नागरिकले सडकमा मात्र मागेका होइनन्, संसदमा केही सांसदहरुले पनि यो आवाज उठाएका छन् ।

हुन पनि केही पिसिआर मेसिन किनेको आधारमा नै सरकारले १० अर्बभन्दा बढी खर्च भएको बताइसकेको छ ।

यी सब प्रश्न र आफ्नो भोलिको दैनिकी आफैंले निर्वाचित गरेर सरकारमा पठाएका नेता तथा जिम्मेवार अधिकारीहरुलाई प्रश्न सोध्न केही युवा बालुवाटारमा पुगे ।



उनीहरुको हातमा थिए केही प्लेकार्ड, त्यसमा लेखिएको थियो ती नारा जुन हाम्रो दैनिकीसँग सरोकार राख्ने नारा हुन्, जुन अब नेपालीले चाहेका प्रश्नका जवाफ हुन् ।

कोरोना महामारीले पूरै देशलाई ठूलो संकटमा धकेलिरहेको यो समयमा नागरिकले सरकारसँग माग गरेका छन्– पिसिआर टेस्ट गरौँ । आरडिटी टेस्ट गरेकाहरुबाट कोरोना नियन्त्रणमा आएको छैन, आरडिटीमा नेगेटिभ देखिएकाहरुले ज्यान गुमाएका छन् । यही समयमा सरकारसँग आफ्नो देशका नागरिक जोगाउन माग गर्न बालुवाटार केही युवा पुगे ।



नागरिकका प्रश्नसँग डराएको सरकारले प्रश्नलाई दबाउन प्रहरी परिचालन गर्यो । प्रहरीले प्रदर्शनमा उत्रिएका नेपालीहरुलाई पानीको फोहोरा मात्र प्रहार गरेन, लाठी चार्जसमेत गर्यो । प्रहरीको लाठी चार्जका कारण केही युवाहरु घाइते भएका छन् ।
 

  • प्रकाशित मिति : जेठ २७, २०७७ मंगलबार १४:४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया